कांग्रेस पदाधिकारी बैठक जारी
२०७७ चैत ९ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी कार्यालय सानेपामा अपराह्न ४ बजेबाट शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको नेतृ पुष्पा भुसालले मकालु खबरलाई जानकारी दिइन् । ‘बैठक बसिरहेको छ,’ भुसालले भनिन् ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग पनि खास रुपमा छलफल गर्न लागिएको छ । क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ ।
यस्तै नयाँ सरकार गठनको विषयमा पनि कुराकानी हुने बुझिएको छ ।
२०७७ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








