‘अर्जुन रेड्डी’ रिमेकको अडिसन सम्पन्न

काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को अडिसन सम्पन्न भएको छ । करिब दुई हजार जनाले आवेदन दिएकोमा ८०० जनालाई अडिसनमा सहभागी गराइएको थियो ।

एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा उत्साहजनक सहभागिता रहेको निर्देशक विशाल सापकोटाले बताए । चाँडै नै कलाकारहरू फाइनल गरेर वर्कसप गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्र युवा फिल्म्सले निर्माण गर्दै छ । ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएको यो चलचित्रको रिमेक बनाउन चुनौतीपूर्ण छ ।

प्रतिक्रिया