आगामी तिहारमा प्रदर्शन तयारीमा चलचित्र ‘ए’

काठमाडौँ । चलचित्र ‘ए’ को प्रदर्शन मिति घोषणा भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स्  थ्रिलर चलचित्र आगामी वर्षको तिहारमा प्रदर्शन हुने भएको हो । चलचित्र प्रदर्शनको मिति गते सहित भने केही समय पछि सार्वजनिक गर्ने वितरक करण श्रेष्ठले बताए ।

चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरी, सोहिल मानन्धर, छुल्ठीम गुरुङ, रिस्ता बस्नेत, दुर्गेश थापा र रवि गिरी रहेका छन् । त्यस्तै अन्य कलाकारमा प्रवीण खतिवडा, सुरज बज्राचार्य, बिकेश प्रजापति, सुरज विष्ट, गीत विष्ट र विपिन कार्की लगायत रहेका छन् । बाल कलाकारको भूमिकामा जसिका घिमिरे, अग्रता राई, अभिमान सिंह बस्नेत, प्रतीक भुजेल र रुपेस थापा रहेका छन् ।

चलचित्रको कथा राकेश रनपालले तयार पारेका हुन् भने पटकथा तथा संवाद भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाकार मोहन कुमार झिल्लु रहेका छन् भने सम्पादनमा अनिल कुमार महर्जनको रहने छ । चलचित्रमा द्वन्द्व राजु किराँतको रहेको छ भने सङ्गीतमा सुरेश गैरेले गरेका छन्  । चलचित्र निर्देशन भोमन कटुवालले कटुवालले गर्दै छन् त्यस्तै प्रलाद काफ्लेको लगानी रहेको छ ।

चलचित्रको वितरणको जिम्मा ‘जिजिए ग्रुप’ले लिएको छ ।

प्रतिक्रिया