योगेश काजीको ‘ह्याप्पी होली’ सार्वजनिक

काठमाडौँ । उत्सव तथा पर्वहरूमा गीत प्रस्तुत गरेर अझ विशेष बनाउने योगेश काजीको अर्को नयाँ गीत “ह्याप्पी होली” सार्वजनिक भएको छ। गीतमा रङको पर्व होलीको बयान गरिएको छ । गीतमा योगेशको साथमा सारिका घिमिरे र सुवास श्रेष्ठको आवाज छ । सारिकाले नै लेखेको शब्दमा सङ्गीत तथा संयोजन काजीकै छ । शिव विकको कोरियोग्राफी र निर्देशन भिडियोमा छ । गायक द्वय काजी र श्रेष्ठको साथमा दुर्गेश थापा र लोसिना लामिछाने फिचर्ड छन् । भिडियो छायाङ्कन अजय रेग्मीको रहेको छ । काजी र निर्देशक विकको टिम अप पछिल्लो समय बढ्दो छ ।

प्रतिक्रिया