कलंकीमा युवकको हत्या
२०७७ चैत ८ गते

|प्रतिकात्मक तस्बिर|
काठमाडौं । कलंकीमा एक युवकको हत्या गरिएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रभाव विष्टले मकालु खबरलाई दिएको जाकारीअनुसार युवाको गएराति ढुङ्गा प्रहार गरी हत्या गरिएको हो ।
प्रवक्ता विष्टकाअनुसार ढुङ्गा प्रहारबाट सख्त घाइते भएका युवकको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ‘यो गतरातिको घटना हो,’ विष्टले भनेका छन्, ‘ढुङ्गा प्रहारी गरी हत्यको प्रयास गरिएको रहेछ । उपचार गराउँदा गराउँदै उहाँको निधन भएको छ ।’
युवकको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको पनि विष्टले बताए । घटनाका बारेमा थप सोधपुछ भइरहेको छ ।
२०७७ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








