मनाङमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । मनाङको नासों गाउँपालिका ४, खोत्रोमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

लमजुङको बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नं. ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएकोमा २ जनाको उपचारका लागि लमजुङ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जनाको उपचारका लागि लमजुङ जिल्ला अस्पताल बेंसीसहरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए ।

उनका अनुसार घाइते ५ जनामध्ये ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । गम्भीर घाइते ३ जनालाई जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको छ ।

प्रतिक्रिया