केपी ओलीका अगाडि आत्मसमर्पण गरेको छैन : वामदेव

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि आत्मसमर्पण नगरेको बताएका छन् । प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै गौतमले आफू अझै पनि ओलीविरुद्ध रहेको स्पष्ट पारेका हुन् ।

ओलीबारे टिप्पणी गर्दै उनका कदम गलत रहेको गौतमले दोहोर्‍याए । ‘केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ, त्यसलाई समूह भन्‍न मिल्दैन । तर उहाँको कार्यशैली गलत छु’ गौतमले भनेका छन्, ‘उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन र गर्ने पनि छैन ।’​

उनले आफू पार्टी एकताको अभियानमा रहेकोले त्यो उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने विश्वास दिलाएका छन् । उनी शनिबार बसेको एमाले संसदीय दलको बैठकमा वामदेव सहभागी भएका थिए । उनले ओलीलाई समर्थन गरेको सार्वजनिक भएपछि ४ बुँदे धारणासमेत सार्वजनिक गरेका छन् ।

१) फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन । त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ ।

२) पार्टी भित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।

३) केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ । त्यसलाई समूह भन्न मिल्दैन। तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन । गर्ने पनि छैन ।

४) म पार्टी एकता राष्ट्रिय अभियानमा छु । उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने छ ।

प्रतिक्रिया