किशोर प्रधानलगायतका व्यवसायी एमालेमा प्रवेश

काठमाडौं । उद्योगी तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताए ।

प्रवेश गरेकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर स्वागत गरेका छन् । प्रधानसँगै सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगीलगायतका उद्योगी व्यवसायी पनि एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया