‘कृष्ण लीला’ ट्रेलर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ लगायतलाई समेटिएको छ । पूर्वी नेपालमा खिचिएको चलचित्रमा कृष्ण र लीलाको प्रेम मार्फत अपराध र अपराधीको भिन्न रूपलाई देखिएको छ । लक्ष्मण सुवेदीले लेखेको चलचित्रमा अनुसन्धानको कथा भएको ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ ।

चैत २७बाट प्रदर्शनमा आउने चलचित्रको प्रस्तुत कर्ता रोहित कट्टेल रहेका छन् । दीपक ओलीले निर्देशन गरेको चलचित्र प्रकाश राज कार्की र केवल तामाङ मिलेर निर्माण गरेका हुन् । चलचित्रमा पुष्प, श्रद्धा र बुद्धिसँगै रवीन्द्र झा, भावना गुरुङ लगायतको अभिनय रहेको छ । चलचित्र शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

प्रतिक्रिया