आजबाट ‘दि भ्वाइस अफ नेपाल सिजन ३’
२०७७ चैत ६ गते

काठमाडौँ । गायन विधाको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ आजबाट प्रसारण हुने भएको छ । आज बेलुकी ८ बजेबाट यो शो प्रसारण हुन लागेको हो ।
शो प्रसारण हुनुअघि बिहीबार बेलुकी काठमाडौंमा प्रिमियर आयोजना गरिएकोमा हिमालयन टेलिभिजनमार्फत् शुक्रबारबाट बेलुका ८ बजेबाट प्रसारणमा आउनेछ ।
यस वर्ष शोको निर्णायकमा दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ छन् । गायिका आस्था राउतले छोडेसँगै तृष्णाको आगमन शोमा भएको हो । शोलाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् ।
२०७७ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








