दिनेश र प्रीतिको ‘सुन सरकार’ सार्वजनिक

काठमाडौँ । गीत ‘सुन सरकार’ सार्वजनिक भएको छ । गीतमा दिनेश श्रेष्ठ र प्रीति आलेको स्वर रहेको छ भने दिनेश स्वयंकै शब्द संगीत रहेको छ ।

संगीत संयोजन भने कृष्ण लामिछानेको रहेको छ । भिडियोमा गायक गायिकाको साथमा पुण्य गौतमलगायत फिचर्ड छन् ।

भिडियो प्रवीण थापाले निर्देशन गरेका हुन् । नवराज घिमिरेको छायांकन रहेको भिडियो अभिशेख राजोपाध्यायले सम्पादन गरेका छन् ।

प्रतिक्रिया