नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने हो कि ?

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिष्टहरूलाई नयाँ समाजवादी ध्रुवीकरणमा लाग्न सुझाव दिएका छन् ।

मार्क्सवादी दर्शनले पुरानोको ध्वंसबिना नयाँ निर्माण नहुने बताएको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अब नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिएका हुन् । अब नेकपाको लागि लड्नुभन्दा नयाँ ध्रुवीकरणमा लाग्नुपर्ने उनको मत छ ।

‘नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको लागि आधार बन्नसक्छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु अथवा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नुको सट्टा नयाँ समाजवादी ध्रुवीकरण तिर लाग्ने हो कि ?’

प्रतिक्रिया