मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौँ । ‘विषम परिस्थितिमा न्यायमा पहुँच र समानता कानून व्यवसायी महिलाको प्रतिवद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ ।

सम्मेलन भोलिसम्म चल्ने छ । नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअल रुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नेछिन् ।

प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।  यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पुर्‍याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ ।

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्‍याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com