साइबर स्यालहरू अझै ज्युँदै रहेछन् : नेपाल

काठमाडौं । एमाले नेता माधवकुमार नेपालले आफूहरुको भेलाको सन्दर्भमा ‘फेक’ सूचना जारी गरिएकोमा आपत्ति जनाएका छन् । बुधबारबाट शुरु भएको आफू पक्षीय राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले आपत्ति जनाएका हुन् ।

नेता नेपालले भनेका छन्, ‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए । ४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए । म आफैँ पनि हेरेँ के पो आएछ ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ ।’

यस्तै नेता नेपालले साइबर स्यालहरु अझै जिउँदै रहेको बताए । उनले भने, ‘साइबर अझै पनि ज्युँदै रहेछन् । यो साइबर स्यालहरू अझै पनि बाँचिरहेका रहेछन् । नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन् । साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्दैछन् ।’

नेपालले गतल सूचनाको पछि नलाग्न आफ्नो कार्यकर्ताहरुलाई आग्रहसमेत गरेका छन् । ‘हामी सबैले होसियारी अपनाउनुपर्छ । यिनीहरुले गतल सूचना सम्प्रेषण गर्नेछन्,’ नेता नेपालले भनेका छन् ।

प्रतिक्रिया