‘दर्पण छाया पछि’ बनाउँदै उत्तम र निरुता

काठमाडौँ । चर्चित नेपाली अभिनेत्री निरुता सिंह १०औँ नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी थिइन् । यतै रहेकी उनी  चलचित्र ‘दर्पण छाँया पछि’ नामक चलचित्रमा अभिनयको तयारीमा जुटेकी छिन् ।

उत्तम प्रधानको अभिनय तथा निर्देशन रहने चलचित्रमा उत्तम र निरुताको अलावा दिलीप रायमाझी समेत मुख्य भूमिकामा देखिँदैछन् । चलचित्रको कथा पनि उत्तमले नै तयार पारेका हुन् । चलचित्र उत्तम र निरुताले मिलेर निर्माण गर्न लागेका हुन् ।

निरुता १२ वर्षपछि ‘नाइँ नभन्नू ल ५’ बाट अभिनयमा फर्किएकी थिइन् । त्यसपछि ‘दाल भात तरकारी’ अभिनय गरेकी उनले ‘दर्पण छायापछि’ चलचित्र सफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया