विपक्षी एमालेको राष्ट्रिय भेला जारी [फोटो फिचर]
२०७७ चैत ४ गते
![विपक्षी एमालेको राष्ट्रिय भेला जारी [फोटो फिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2021/03/IMG-a36db33d39d47eb66065825b1e0a0760-V-1.jpg)
काठमाडौं । विपक्षी एमालेको राष्ट्रिय भेला बुधबारबाट शुरु भएको छ । सत्तापक्षीय एमालेको विरोधको बाबजूद विपक्षी एमालेले राष्ट्रिय भेला शुरु गरेको हो ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्नेछ । गत फागुन २८ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले विशेष बैठक राखेर पूर्वमाओवादी पृष्ठभूमि भएका २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि चिढिएको नेपाल–खनाल पक्षले आफूपक्षीय भेला बोलाएको हो ।
ओली पक्षले सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिए पनि देशभरबाट बाक्लो संख्यामा नेता कार्यकर्ताको सहभागिता छ । भेला स्थलमा प्राथमिक उपचारको प्रबन्ध मिलाइएको छ । कार्यक्रम दुई सत्रको रहनेछ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।

२०७७ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








