‘बाबरी’मा धिरज मगर अनुबन्धित

काठमाडौँ । चलचित्र ‘बाबरी’ मा धिरज मगर अनुबन्धित भएका छन् । यसअघि नितेशजंग कुँवर अनुबन्धित भएको भए पनि पारिवारिक कारण देखाउँदै उनले उक्त चलचित्रमा काम गर्न नमिल्ने बताएका थिए ।

सुरेन्द्र पौडेलले निर्देशन गर्ने उक्त चलचित्रमा कुँवरले काम नगर्ने भएपछि धिरज जोडिएका हुन् ।

धिरजले अदिति बुढाथोकीसँग स्क्रिन सेयर गर्दैछन् । बाबरी फिल्मस्को ब्यानरमा बन्ने चलचित्रमा धिरज टोटलानीसमेत देखिने छन् । चलचित्रको छायाङ्कन भने चैत २० गतेबाट सुरु हुने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया