सकियो पूजा‚ आकाश र सोनामको ‘सम्हालिन्छ कहिले मन’ को छायांकन

काठमाडौँ । सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायाङ्कन सकिएको छ । दुई वर्ष लगाएर चलचित्रको छायाङ्कन सकिएको हो । लामो समयको ग्याप पश्चात् चलचित्रको छायाङ्कनका लागि टिम दुबई पुगेको थियो त्यहाँका दृश्यहरू कैद गर्दै छायाङ्कन सकिएको हो ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । चलचित्रको छायाङ्कन सकिएको जानकारी दिँदै टिमले प्रदर्शन मिति समेत घोषणा गरेको छ । यो चलचित्र आगामी वर्षको भदौ १८ गतेबाट प्रदर्शनमा आउनेछ ।

चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको समेत अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा, सौरभ लामाको छायाङ्कन छ ।

अमित बस्नेतको लगानीमा बनेको चलचित्रमा परी राना र अजित कुमार थापा सह–निर्माताको रूपमा छन् । चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।

प्रतिक्रिया