शीतल निवासमा सर्वदलीय बैठक जारी, को–को पुगे ? (सूचीसहित)

काठमाडौं । शीतल निवासमा सर्वदलीय बैठक जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार बैठकमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको थियो । तर, बैठकमा विपक्षी एमालेका शीर्ष नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने सहभागी छैनन् ।

नेता भट्टराई अस्वस्थताका कारण उपस्थित नभएका हुन् भने नेपाल–खनाल बुधबारबाट शुरु हुने राष्ट्रिय भेलाको तयारी गर्नुपर्ने भएकाले बैठकमा नगएका हुन् ।

भट्टराई, नेपाल र खनालबाहेक अन्य दलका शीर्ष नेताहरु शीतल निवास पुगेका छन् ।

अन्य नेताहरु को को पुगे ?
१, केपी शर्मा ओली
२, ईश्वर पोखरेल
३, सुवास नेम्वाङ्ग
४, विष्णु पौडेल
५, रामबहादुर थापा ‘बादल’
६, शेरबहादु देउवा
७, रामचन्द्र पौडेल
८, विमलेन्द्र निधी
९, शशांक कोइाराला
१०, पुष्पकम दाहाल ‘प्रचण्ड’
११, नारायणकाजी श्रेष्ठ
१२, देव गुरुङ
१३, महन्थ ठाकुर
१४, उपेन्द्र यादव
१५, राजेन्द्र महतो
१६, चित्रबहादुर केसी
१७, प्रकाशचन्द्र लोहनी
१८, प्रेम सुवाल
१९, खिलराज रेग्मी

प्रतिक्रिया