राष्ट्रिय भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित हुन ओलीलाई भट्टराईको निम्तो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता (नेपाल–खनाल) का नेता तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुधबारबाट शुरु हुने राष्ट्रिय भेलामा प्रमुख अथितिको रुपमा उपस्थित हुन निम्तो दिएका छन् ।

पत्रकारहरुसँग सवाल जवाफ गर्दै नेता भट्टराईले ओलीलाई यस्तो निम्तो दिएका हुन् । ‘म अध्यक्षज्यूलाई प्रमुख अतिथिको रुपमा निम्तो दिन चाहन्छु,’ भट्टराईले भनेका छन् ।

यो समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला राखेको छ । उक्त भेलाबारे जानकारी दिन यो समूहले मंगलबार पत्रकार सम्मेलनगरेको थियो ।

यता प्रधानमन्त्री तथा अध्यक्ष ओलीले यस्तो भेला विधानविपरीत भएको बताउँदै नगर्न र नगराउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया