फ्लोरमा वर्षाको ‘ए साथी सुन’

काठमाडौँ । केही दिन अघि मात्रै शुभमुहुर्त गरिएको चलचित्र ए साथी सुनको छायाङ्कन सुरु भएको छ । दुबईमा घुमिरहेकी नायिका वर्षा सिवाकोटी छायाङ्कनका लागि नेपाल फर्किए लगत्तै हेटौडा पुगेकी छन् ।

इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा विना कार्कीको निर्माणमा बन्ने चलचित्रमा वर्षा र डेब्यु कलाकार रमेश बानियाँको जोडी बाँधिने छ । अन्य कलाकारहरू जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाहलगायत रहनेछन् । चलचित्र राम राघव आचार्यले निर्देशन गर्दै छन् ।

सुदिप कुँवरको मुख्य सहायक निर्देशन रहने चलचित्रको छायाङ्कन मानकृष्ण महर्जनले गर्दै छन् । चलचित्रमा किरण भुजेल र अन्जु पन्तको पार्श्व गायन छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया