बालुवाटारमा ओलीले सोधे– एकथरी अनुहारहरु देखिएनन् नि ?

काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलाहरुमा सहभागी नहुन नेता/कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । ‘एमालेसँग कोही कसैले कुनै पनि प्रकारको भेला नगर्नु होला,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘र कोही नेता कार्यकर्ताहरु त्यस्तो भेलामा नजोडिनुहोला ।’

यस्तै प्रधानमन्त्री ओलीले चियापनमा एकथरी अनुहारमा नदेखिएको बताए । ‘आजको चियापानमा एकथरीका अनुहारहरु देखिएनन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कारणबस् आउन सक्नुभएन कि के भयो । त्यो उहाँहरु जान्नुहुन्छ ।’

वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति इङ्गित गर्दै बोलेका प्रधानमन्त्री ओलीले थप भने, ‘पार्टीभित्र अचाक्ली गर्न पाइँदैन । पार्टीभित्र यस्तो स्वीकार्य छैन ।’ यस्तै प्रधानमन्त्री ओलीले सबै पार्टी एकताको पक्षमा उभिनुपर्ने पनि बताएका छन् ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई साविककै अवस्थामा पुर्याइदिएपछि पूर्वएमाले र पूर्वमाओवादी केन्द्र बेग्लाबेग्दै चुल्हाचौकामा जुटेका छन् ।

प्रतिक्रिया