फ्लोरमा प्रमोदको ‘ए’

काठमाडौँ । सस्पेन्स थ्रिलर चलचित्र ‘ए ‘ आजबाट फ्लोरमा गएको छ । भोमन कटुवालको निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरी रहेका छन् । आफ्नो चरित्रमा मेहनत गर्ने कलाकारको रुपमा चिनिने अग्रहरीले यस चलचित्रका लागि लामो दारी र कपाल पालेका छन् भने नाकमा बुलाकी लगाएका छन् ।

चलचित्रमा प्रमोदको अलावा सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सि.एम भारद्वाज, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गिता विष्ट छन् भने बाल कलाकारमा जसिका घिमिरे, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

यस चलचित्रको पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकंन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादनमा अनिल कुमार महर्जनको रहेको छ ।

चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ ।

प्रतिक्रिया