सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम फेर्न आयोगमा निवेदन

काठमाडौं । सन्ध्या तिवारीले आफ्नो नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमालेको नाम परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन दिएकी छन् ।

तिवारी नेतृत्वको एमालेको नाम परिवर्तन गर्न आयोगमा सोमबार निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई जानकारी दिए । ‘आज निवेदन दर्ता भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘पत्रअनुसार आयोगको बैठक बसेर नाम परिवर्तनको निर्णय गर्नेछ ।’

नेकपा नाम विवादमा सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि तिवारी नेतृत्वको पार्टीले नाम परिवर्तन गर्न निवेदन दिएको हो ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको र सोही अनुसार नाम परिवर्तन गरिदिन आयोगमा दिएको निवेदनमा उल्लेख छ ।

तिवारीको पार्टीले परिवर्तित नाम जनताको जनवादी पार्टी (जजपा) राख्ने गरि निर्णय भएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया