उद्योग संगठन मोरङको अध्यक्षमा प्याकुरेल

विराटनगर । उद्योग संगठन मोरङको नयाँ नेतृत्वमा सुयेस प्याकुरेल निर्विरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षका लागि भएको निर्वाचनमा भने प्रदीपकुमार मुरारका ७७ मत पाएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी राकेश सुरानाले ७५ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षबाहेक सबै पदहरू भने निर्विरोध चयन भएका छन् । सहमतिका लागि झण्डै पाँच घण्टा प्रयास गर्दा पनि सम्भव नभएपछि वरिष्ठ उपाध्यक्षका लागि मात्रै चुनाव भएको थियो । अध्यक्षमा निर्विरोध निर्वाचित भएका युवा उद्यमी प्याकुरेल निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । उनी एमएम प्लास्टिक उद्योगका सञ्चालक हुन् ।

संगठनको विभिन्न विधा गरी तीन उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भोलेश्वर दुलाल निर्विरोध चयन भएका छन् । त्यस्तै, कोषाध्यक्षमा विपिन काबरा चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा सुनीलकुमार धनावत, पारस लुनिया, इन्द्र(राजन) खत्री, सुबोध कोइराला, सौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया