इलेक्ट्रिकल भेइकल बनाउन नेपाली विद्यार्थीलाई गोल्छा ग्रुपको सहयोग

काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले इलेक्ट्रिकल भेइकल (इभी) बनाएका छन् ।

उनीहरूले यो इभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्वप्रतिष्पर्धाका लागि बनाएका हुन् ।

अहिले गाडीको चेसिसमात्र तयार भएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । बाहिरी भाग पनि चाँडै बनाउने उनीहरूले बताएका छन् ।

उनीहरूले नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँगजोडेर टिमको नामकरण गरेका हुन् । प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तनजस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामा उनीहरू लागेका छन् ।

सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल,इलेक्ट्रिकललगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् । फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेले उनीहरूलाई डोहोर्‍याइरहेका छन्।

गोल्छा ग्रुपको सिएसआरअन्तर्गत यो इलेक्ट्रिकल भेइकल बनाउन गोल्छा ग्रुपले सहयोग गरेको छ । गोल्छा ग्रुपले सधैं नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएको छ ।

प्रतिक्रिया