हिरो मोटोकर्पले ल्यायो नयाँ एक्स्ट्रिम १६० आर र हंक १६० आर

काठमाडौं । मोटरसाइकल र स्कूटर निर्माता हिरो मोटोकर्पले नेपालमा हिरो एक्स्ट्रिम १६० आर र हिरो हंक १६० आर गरी दुई नयाँ प्रिमियम मोटरसाइकलको बजार प्रवेश आरम्भ गराएको छ ।

हिरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हिरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउने कम्पनीले जनाएको छ । यो मोटरसाइकलले आराम र नियन्त्रणको सर्वोत्कृष्ट मिश्रण शक्तिपूर्ण अवस्थितिसहित पर्फमेन्स, स्पोर्टीनेस र अन्य विशेषताहरूको एक अतुलनीय मिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ ।

दुवैै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्ने र पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

एक्स्ट्रिम १६० आर र हंक १५० आर देशभरिका हिरो मोटोकर्पका शोरूममा उपलब्ध हुने जनाइएको छ । एक्स्ट्रिम १६० आरको ३ लाख ३९ हजार रुपैयाँमा हुनेछ भने हंक १५० आर २ लाख ७९ हजार ५ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आˆनो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच-प्वान्टहरूको सञ्जालमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याउँदै आएको छ ।

हिरो एक्स्ट्रिम १६० आर

स्पोर्टिनेस र वास्तविक-विश्व प्रदर्शनको लागि मानक तय गर्दै नयाँ एक्स्ट्रिम १६० आर, १६० सीसी एयर कुल्ड बीएस-सिक्स मापदण्डको इन्जिनको साथ आउँदछ, जुन एक्ससेन्स प्रविधि र उन्नत प्रोग्राम्ड-फ्युल-इन्जेक्सनद्वारा सञ्चालित छ । यो ईन्जिनले १५ बीएचपीमा ८५०० आरपीएमको प्रभावशाली पावर आउटपुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

तीव्र गतिका वर्गमा ‘द्रुत लेन’मा समावेश हुँदै यसले ४.७ सेकेन्डमा ०-६० किमी/प्रतिघण्टाको गति प्रदान गर्दै यो मोटरसाइकल यस वर्गकै ‘पावर-टु-वेट-रेसियो’मा उत्कृष्ठमध्येको एक बनेको छ, यसका लागि यसको १३८.५ केजीको कम कर्ब-वेट हुने जनाइएको छ ।

हिरो हंक १५० आर

१४९ सीसीको एयर-कूल्ड इन्जिनबाट सुसज्जित, हंक १५० आरको​​कोर इन्जिनले १४.२ बीपीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्ने कम्पनीको दाबी छ ।

वास्तविक विश्वको पर्फमेन्स प्रदान गर्ने उद्देश्यले, सबै नयाँ हंक १५० आरमा हल्का सशक्त डायमण्ड ट्यूबलर फ्रेम प्रदान गर्दछ‚ जसले कुनामा र सिधा सडकहरूमा सटीक हृयान्डलिङ र स्थिरता प्रदान गर्दछ । १३०/ ७० एमएम रेडियल रियर टायरको साथ जोडी बनाइ आवद्ध तुल्याइएको गरिएको हंक १५० आर सबै प्रकारका सडक र सवारी सञ्चालन परिस्थितिमा उत्कृष्ट सडक पकड (रोड ग्रिप) प्रदान गर्ने कम्पनीले जनाएको छ ।

राइडिङ ट्रांयगललाई चुस्तता, स्थिरता र सुविधाको उत्तम सन्तुलन प्रदान गर्नेगरि सामायोजित गरिएको छ । मोटरसाइकलले वर्गकै पहिलो (फर्स्ट इन क्याटागोरी) अन्तर्गत, उत्कृष्ठ हृयान्डलिङ तथा स्पोर्टी राइड सुनिश्चितताका लागि सात तहको समायोजनयोग्य मोनो-शक सस्पेन्सन पनि राखिएको छ । फराकिलो ३७ मिलिमिटरको बिफी फ्रान्ट फोक्र्सले एक स्थिर र भव्य राइडिङ सुनिश्चित गर्दछ ।

प्रतिक्रिया