नेपाल–खनाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

पेरिसडाँडामा केन्द्रीय कमिटीको बैठकपछि अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले मकालु खबरसँग भने, ‘हो भेटघाट भएको हो । समसामयिक राजनीतिक विषयवस्तुमै कुराकानी भइरहेको छ ।’

गत फागुन २३ गतेको सर्वोच्चको फैसलापछि छुट्टिएका दाहाल–नेपाल र खनालबीच आज भेटघाट भएको हो ।

प्रतिक्रिया