सोमबार बस्नेगरी सकियो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

काठमाडौं । आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठक पुनः सोमबार बस्नेगरी सकिएको हो ।

आजको बैठकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीति र भावी रणनीतिबारे ब्रिफिङ्ग गरेका थिए । यस्तै बैठकमा प्रदेशगत रिपोर्टिङ्गहरु पनि भएका थिए । प्रदेश नं. १ बाट सावित्री भुसाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ्ग गरेका थिए ।

रिपोर्टिङ्गका क्रममा कतिपय नेताहरुले पार्टी विभाजनपछि आफ्ना नेताहरु एमालेमा जाँदा आफ्नो पार्टीलाई घाटा भएको सुनाएका थिए । उनीहरुले बृहत् ध्रुवीकरण गरेर सबै माओवादीलाई समेट्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया