एमालेमा गएका २३ नेतालाई कारबाही गर्ने तयारी
२०७७ चैत १ गते

फाइल फोटो
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा एमालेमा गएका नेतालाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थनलगायत विषयमा छलफल हुनेछ ।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो ।
२०७७ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








