नेफ्टाको दशौँ संस्करण आज

काठमाडौँ । ‘नेफ्टा अवार्ड’को १० औँ संस्करण आज काठमाडौँमा हुँदै छ । यस वर्ष कोरोना भाइरसको कारण समयमा हुन नसकेको अवार्डको सम्पूर्ण तयारी सकिएको आयोजक ड्रिम हाई नेपालले जनाएको छ ।

नेपाल चलचित्र प्राविधिक सङ्घ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा हुन लागेको अवार्डमा नयाँ तथा पुराना कलाकारहरूको सहभागिता रहनेछ । सहभागिताका लागि भारतबाट अभिनेत्री द्वय निरुता सिंह र बिपना थापा नेपाल आएका छन् ।

अवार्डमा राजेश हमालको विशेष प्रस्तुति सँगै शोभित बस्नेत, प्रमोद अग्रहरी, रिस्ता अधिकारी, सलोन बस्नेत, सुरक्षा पन्त, जेबिका कार्कीलगायत दर्जन बढी कलाकर्मीको प्रस्तुति रहनेछ ।

सन्दीप क्षेत्री, सञ्जोक बस्याल, माल्भिका सुब्बाले उद्घोषण गर्ने कार्यक्रम सोल्टी होटेलमा भव्य समारोह बिच आयोजना हुँदै छ । ३१ विधामा अवार्ड वितरण हुन लागेको छ ।

देश तथा विदेशमा आयोजना हुँदै आएको यो अवार्डलाई प्राविधिक सङ्घले आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया