अनुप्रस्थको नयाँ गीत सार्वजनिक

काठमाडौँ । नेपाली ब्यान्ड अनुप्रस्थको नयाँ गीत ‘सम्झेर मलाई’ सार्वजनिक भएको छ । गीतमा सुरेश शाहीको शब्द, निरन शाहीको स्वर छ । निरनको गितार, मञ्जिलराज श्रेष्ठको ड्रम, गोविन सुनुवारको गितार, लक्ष्मण डङ्गोलको बास गितार र सुरेश महर्जन डङ्गोलको पर्कसन गीतमा सुन्न सकिन्छ ।

भिडियोमा भावना बराइली र गायक निरन फिचर्ड छन् । धिरज काफ्ले प्रोडक्सन डाइरेक्टर रहेको भिडियोमा आशिष घिमिरेको भीएफएक्स र कम्पोजिसन, धिरज काफ्लेको भीएफएक्स र एनिमेसन सुपरभिजन, आशिष घिमिरे र अनोष गिरी सुनुवारको एनिमेसन, बिषी गुरुङ र आशिष घिमिरेको टुडी एनिमेसन, आनोस गिरी, विशाल गुरुङ र आशिष घिमिरेको एनिमेसन, आशिष घिमिरे, रुपेश पण्डित र बबिन बुढाथोकीको रोटोस्कोपिङ र आशिष घिमिरेको क्रोमा छ ।

प्रतिक्रिया