महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद कसैले खोस्न सक्दैन : एमाले नेता रिजाल

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य विष्णु रिजालले महाधिवेशनबाट चुनिएका पदाधिकारीकाे पद अर्काे  महाधिवेशनबाहेक कसैले खोस्न नसक्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले पार्टीमा अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गर्ने निर्णय गरेको खबर सञ्चारमाध्यमबाट थाहा पाउँदा आफु चकित भएको र यस्तो अधिकार अध्यक्ष वा अरु कसैलाई पनि भएको रिजालले मकालु खबरलाई बताए ।

पार्टीको केन्द्रिय समितिको बैठक चैत १ गते बस्ने भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको र बैठकका लागि जानकारी आउला भन्ने साेचिरहेका बेला शुक्रबार नै केन्द्रिय समितिको बैठकका नाममा बसेको भनिएको बैठकले गरेको भनिएका निर्णय गैर कानूनी र पार्टीको विधान विपरित रहेको उनले बताए ।

सर्वोच्च अदालतको फैसलापछि पार्टी एकताबद्ध बनाएर अघि बढ्ने प्रयासमा रहेका बेला यस्तो निर्णय हुनु दुखद भएको रिजालले बताए ।

प्रतिक्रिया