‘आलु चस्मा’ लगाएका पुष्प

काठमाडौँ । ‘कृष्ण लीला’ चलचित्रको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार पुष्प खड्कालाई देख्न सकिन्छ ।

‘एङ्ग्री वर्ड’ को गन्जी लगाएका उनले चलन चल्तीको भाषामा ‘आलु चस्मा’ भनिने सानो केटाकेटीले लगाउने लहराबाट बनाएको चस्मा लगाएका छन् । पोस्टरमा उनको भाव बालकको झैँ देखिएको छ तर शरीर भने जवान छ ।

उनको हातमा मसिले कोरेर बनाएको घडी समेत देखाइएको छ ।  सार्वजनिक तस्बिरलाई हेर्दा सुस्त मनस्थितिको भूमिकामा पुष्प देखिएको अनुमान गर्न सकिन्छ  ।

चैत २७बाट प्रदर्शनमा आउने चलचित्रको प्रस्तुत कर्ता रोहित कट्टेल रहेका छन् । दीपक ओलीले निर्देशन गरेको चलचित्र प्रकाश राज कार्की र केवल तामाङ मिलेर निर्माण गरेका हुन् ।

चलचित्रमा पुष्प सँगै श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ लगायतको अभिनय रहेको छ । चलचित्र शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र लक्ष्मण सुवेदीको कथा रहेको छ ।

प्रतिक्रिया