प्रतापको ‘खुसी’ सार्वजनिक

काठमाडौँ । राज केसी र एबी अभिनित ‘खुसी’ गीत सार्वजनिक भएको छ । गीतमा प्रताप दासको स्वर रहेको छ भने गायिका अस्मिता अधिकारीको स्वरमा समेत गीतको फिमेल भर्सन आउने तयारी रहेको छ ।

गीतमा राहुल प्रधानको सङ्गीत संयोजन रहेको छ । भिडियोमा जीवन रसाइलीको छायाङ्कन, सम्पादन र निर्देशन रहेको छ ।

राज केसीको शब्द रहेको गीतमा जीवन रसाइलीले सङ्गीत भरेका छन् ।

प्रतिक्रिया