प्रदीपको ‘प्रकाश’ फ्लोरमा

काठमाडौँ । चलचित्र ‘प्रकाश’ को शुभमुहूर्तसँगै छायाङ्कन सुरु गरिएको छ । चलचित्र निर्माण टिम मनकामना मन्दिर पुगेर पूजाआजा गर्दै शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्त सकिएसँगै कलाकार तथा प्राविधिकको समूह छायाङ्कनका लागि जुम्ला प्रस्थान गरेको हो ।

दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्रमा प्रदीप खड्का, रेणु योगी, दिया मास्के लगायतका कलाकारको अभिनय रहने छ । विनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ ।

एक युवकको सरकारी शिक्षक बन्ने सपनाको कथा विकास सुवेदीले लेखेका हुन् ।

प्रतिक्रिया