शिवरात्रिमा नवल निर्देशित ‘मारुनी’ सार्वजनिक

काठमाडौँ- महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘मारुनी’ युट्युबमार्फत् सार्वजनिक भएको छ । चलचित्रले सभ्य तरिकाले तेस्रो लिङ्गी पात्रको चरित्रलाई चलचित्रमा प्रस्तुत गरेको छ ।

अधिकांश चलचित्रमा तेस्रो लिङ्गीलाई देखाउन मजाकको पात्र बनाउने गरिएकोमा यस चलचित्रमा भने भिन्न तरिकाले प्रस्तुत गरिएको छ । चलचित्रलाई पुनम गौतमले निर्माण गरेकी हुन् भने नवल नेपालले निर्देशन गरेका छन् ।

चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको छ । सञ्जय लामाले खिचेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।

प्रतिक्रिया