चलचित्र ‘ए साथी सुन’ शुभमुहूर्त

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर खोकना कार्यविनायक मन्दिरमा चलचित्र ‘ए साथी सुन’ को शुभ मुहूर्त गरिएको छ ।

इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा विना कार्कीको निर्माणमा बन्ने चलचित्रको छायाङ्कन चैत्र २ गतेबाट हुनेछ ।

वर्षा सिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँको मुख्य भूमिका चलचित्रमा रहनेछ । अन्य कलाकारमा जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाहलगायत रहनेछन् । चलचित्र राम राघव आचार्यले निर्देशन गर्नेछन् ।

सुदिप कुँवरको मुख्य सहायक निर्देशन रहने चलचित्रको छायाङ्कन मानकृष्ण महर्जनले गर्नेछन् । चलचित्रमा किरण भुजेल र अन्जु पन्तको पार्श्व गायन रहनेछ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द निर्देशन रहनेछ ।

चलचित्रको छायाङ्कन हेटौँडा र वीरगञ्जमा हुने निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया