माओवादी केन्द्रले ल्याएको उपलब्धी निस्तेज पार्नतिर सबैको ध्यान छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले ल्याएको उपलब्धीलाई निस्तेज पार्नतिर सबैको ध्यान खिचिएको बताएका छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा भरत ढुङ्गाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘सबैको ध्यान हिजो माओवादी केन्द्रले हासिल गरेको उपलब्धीलाई कसरी निस्तेज पार्न सकिन्छ भन्नेतिर छ,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आज संघीय लोकतान्त्रिक गणतन्त्र नै पनि खतरामा छ ।’

प्रतिक्रिया