बाबु सुरेश सहयोगार्थ च्यारिटी शो सम्पन्न

काठमाडौँ । चलचित्र पत्रकार बाबु सुरेश डिसीको उपचार सहयोगार्थ चलचित्र ‘कालो पोथी’ प्रदर्शन गरी च्यारिटी शो सम्पन्न भएको छ । चलचित्र पत्रकार सङ्घको आयोजनामा सम्पन्न शोमा पत्रकार तथा चलचित्रकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्णले टिकट काटेर चलचित्र हेर्ने व्यवस्था गरिएकोमा समेत उपस्थितिको सङ्ख्या उल्लेखनीय थियो । दुर्घटनामा परेका बाबुको खुट्टा काट्नुपर्ने भएकोले रकम सङ्कलनका लागि च्यारिटी कार्यक्रम गरिएको थियो ।

च्यारेटीबाट ५ लाख ५८ हजार रकम संकलन भएको चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष दिनेश सिटौलाले जानकारी दिए । संकलित रकम बाबु सुरेशको परिवारलाई चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया