सकियो ‘गणपति’को छायांकन

काठमाडौं । चलचित्र ‘गणपति’ को छायाङ्कन सकिएको छ । सविन अधिकारीको निर्देशन रहने चलचित्र करिब ४५ दिनमा सकिएको हो ।

चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै तयार पारेका छन् । चलचित्र लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले निर्माण गरेका हुन् ।

‘अ बिग म्यान फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, देवेन्द्र बब्लु, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल,सुशील पोखरेललगायतका कलाकारको अभिनय छ । चलचित्रले भगवान् र मानिस बिचको फरकको कथा विषयमा उठाएको छ ।

प्रतिक्रिया