नेरिस्का अभिनित ‘आमा कहाँ खोजौँ’ सार्वजनिक

काठमाडौँ । महान्, ममताकी खानी, धरती धेरै उपनाम छन्, आमाका । तर आमाबाटै छोडिएका सन्तान पनि त धेरै छन् ।

‘महान्’ आमा बनाउँदै गर्दा सन्तान छोडेर जाने आमाहरूलाई पनि ‘बाध्यता’ ले छेकेर उनको विवशतालाई अघि सारेर बचाउ हुन्छ । उनी त बाच्छिन्, तर उनले बेवारिसे बनाएका सन्तानको अवस्था कस्तो होला ? बाल मनोविज्ञानमा के प्रभाव पर्ला ? यही कथा छ ‘आमा कहाँ खोजौँ’ गीतमा । यहाँ पनि सन्तानले ‘जे भयो भयो, तर तिमी आऊ’ भनेर छोरीले मायाको भिख मागेकी छन् ।

अशोक थापा मगरद्वारा निर्देशित भिडियोमा, नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र सृष्टि थापा मगरको अभिनय रहेको छ । गीतमा अशोक थापा मगरको सङ्गीत र शब्द रहेको छ । गीतलाई गीताञ्जली थापा मगरले आवाज दिएकी छन् भने सङ्गीतमा राजु थापा मगर पनि आबद्ध छन् । टेक बहादुर थापा र राजु थापा निर्माता भएको उक्त चलचित्रका क्यामेरा म्यान भने दीपक बज्राचार्य हुन् ।

प्रतिक्रिया