सङ्गीतबाट अवकाश लिँदै सेलेना !

एजेन्सी । अमेरिकी पप गायिका सेलेना गोमेजले अवकाश लिने सोच बनाएको बताएकी छन् । भोग म्यागेजिनसँगको अन्तर्वार्तामा उनले आफ्नो सङ्गीत करियर स्थिर हुन नसक्ने भएकाले सङ्गीत क्षेत्रबाट अवकाश हुन लागेको बताएकी हुन् ।

गीत गाउने तर दर्शकले वास्ता नगर्दा सङ्गीतको महत्त्व कम हुने बताउँदै उनले अब काम नगर्ने सोच बनाएको बताएकी छन्  ।

आफूले यो काम किन गरेको भन्ने कुरा मनमा पटक पटक उठ्ने समेत उनले बताएकी छन् । उनले आफू यो क्षेत्रको लागि नभएको झैँ लाग्ने सोच आउने बताएकी छन् । सेलेनको सङ्केत सङ्गीत क्षेत्रमा लामो समयसम्म नरहने देखिन्छ ।

सेलेनाले आफ्नो सङ्गीत करियर डिज्नी च्यानलको ‘विजार्ड अफ वेभरली प्लेस’ सिरिजको लागि थिम गीत गाएर सुरु गरेकी थिइन् । उनले तीसभन्दा बढी गीत सार्वजनिक गरिसकेकी छन् ।

प्रतिक्रिया