‘सरी मम्’ लाई कलाकार खोज्दै लामा

काठमाडौँ । चलचित्र ‘सरी मम्’ का लागि कलाकारको खोजी भइरहेको छ । विनोद लामाको प्रस्तुतिमा निर्माण हुने चलचित्रको पोस्टर सार्वजनिक गर्दै चार जना मुख्य कलाकारको खोजी भएको जानकारी दिइएको हो । चलचित्रका लागि चैत १ गते नेपाल फिल्म एकेडेमीमा अडिसन गर्ने निर्माण टिमले  जनाएकाे छ ।

निर्माता लामाका अनुसार, तीन जना १७ देखि २० वर्ष उमेर समूहका महिला र एक जना सोही उमेर समूहका पुरुष कलाकारको लागी अडिसन लिइनेछ । एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायाङ्कनमा जाने छ ।

प्रतिक्रिया