प्रतिनिधि सभा बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाईएको हो ।

यसअघि प्रतिनिधिसभा विघटनको निर्णय बदरपछिको पहिलो बैठक फागुन २३ गते बसेको थियो । उक्त बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेको थियो ।

आजको बैठकमा पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छ । संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेले प्रतिनिधिसभा विघटनको निर्णय बदरपछिको पहिलो बैठकका लागि कार्यसूचीमा राखेर पनि पारित हुन नसकेका विषय नै बुधबारका लागि सार्वजनिक गरिएको बताए ।

-यस्तो छ सम्भावित कार्यससूची :-मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यी अध्यादेश जारी भएका थिए । अध्यादेश जारी भएको छ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया