‘तिमी सँगै हुन मन छ’ मा नाजिर अनुबन्धित

काठमाडौँ । चलचित्र ‘तिमीसँगै हुने मन छ’मा अभिनेता नाजीर हुसेन अनुबन्धित भएका छन् । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री दीपिका प्रसाईँ र मुम्बईका रोहित सुचान्ती यसअघि नै फाइनल भैसकेका थिए । चलचित्रमा दिवाकर भट्टराईको निर्माण तथा निर्देशन रहने छ ।

चैत्रको पहिलो हप्ताबाट छायाङ्कनमा जान लागेको चलचित्रको टिमको जानकारी केही दिनमा आउने छ । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र प्रेम कथामा आधारित छ । टेक्निकल टिम भने निर्माताले बलिउडबाट झिकाउदैछन् ।

प्रतिक्रिया