मालिका महतको ‘ओर आउन माया’ (भिडियो)

काठमाडौँ । मोडल मलिका महत स्टारर भिडियो ‘ओर आउन माया’ सार्वजनिक भएको छ । रिसाइरहेकी प्रेमिका फकाउन लागिपर्ने प्रेमीको कथा जोडिएको गीतको भिडियोमा मलिकासँग सोनाल तामाङले जोडी बाँधेका छन् । भिडियोमा सोनाल र मलिकाको केमेष्ट्रि राम्रो देखिन्छ । कलरफुल बनाइएको भिडियोलाई गोदावरी आसपास छायाङ्कन गरिएको छ । गीतमा स्वर निशान भट्टराई र एलिना चौहानको छ भने सङ्गीत किरण माइकल घिमिरेले भरेका छन् । शब्द लेखनमा किरणलाई सुदिप आत्रेयले साथ दिएका छन् । एरेञ्जको काम शैलेन्द्र डी. प्रधानले गरेका छन् । भिडियोतर्फ निर्देशन लक्ष्मण सुनारको छ भने कोरियोग्राफी तुलसा पहाडीले गरेकी छन् । अरोन असोककुमार सिकाले छायाङ्कन गरेको भिडियोमा सम्पादन पदम सुवेदीको छ भने शृङ्गारमा निशुम सुब्बा र उनको टिम छ । भिडियोलाई रिता लामाले निर्माण गरेकी हुन् ।
https://youtu.be/xJKsjklI7mM?t=5

प्रतिक्रिया