चलचित्र कालिपुरुषको नाम परिवर्तन

काठमाडौँ । चलचित्र कालिपुरुषको नाम परिवर्तन गरी ‘ए साथी सुन’ राखिएको छ । वर्षा सिवाकोटीको मुख्य भूमिका रहने चलचित्र अर्को हप्ता फ्लोरमा जाँदै छ ।

राघव आचार्यको निर्देशनमा तयार हुने चलचित्रमा मानकृष्ण महर्जनको छायाङ्कन रहनेछ । चलचित्रमा रमेश बानियाको समेत अभिनय रहनेछ । चलचित्रको अन्य टिम बिस्तारै फाइनल गर्दै लैजाने निर्माण पक्षले बताएको छ । चलचित्र सस्पेन्स थ्रिलर कथामा बन्नेछ । इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्र धरानमा छायाङ्कन हुनेछ । विना कार्कीको लगानीमा यो चलचित्र बन्दै छ ।

प्रतिक्रिया