चलचित्र ‘राधा’ इन्ड क्ल्याप

काठमाडौँ । चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ को छायाङ्कन सम्पन्न भएको छ । आइतबार छायाङ्कन सकिएको निर्माण टिमले जानकारी दिएका छन् । सुवर्ण थापाको निर्देशनमा चलचित्र तयार भएको हो ।

निर्देशक थापा र नायक सौगात मल्लको निर्माणमा बनेको चलचित्रमा सृष्टि श्रेष्ठ र मेनुका प्रधान को मुख्य भूमिका रहेको छ । साथै चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने समेत रहेका छन् भने दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा देखिने छन् । सौगातको आदि योगी भिजन र सुवर्णको ब्यानरबाट चलचित्र बनेको हो ।

प्रतिक्रिया