‘किड्स कार्निभल २०२१’ सम्पन्न

काठमाडौँ . टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले पेजेन्ट नेपाल इन्टरनेसनलसँगको सहकार्यमा ‘किड्स कार्निभल-२०२१’ कार्यक्रम ललितपुरको ग्वार्कोस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बालबालिकाहरूको फेसन शो, नृत्य, नाटक, फुडस्टलसहितका रमाइला प्रस्तुतिहरू समावेश गरिएको थियो । ११ जना बालबालिकाहरूलाई अभिनय, नृत्य, क्याटवाक, वक्तृत्वकला, उद्घोषण कलाको प्रशिक्षणसहित कार्यक्रममा प्रस्तुत गरिएको थियो । उनीहरूलाई वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमालले प्रशिक्षण दिएका थिए ।

स्पर्श म्युजिक अवार्डमा जुरी अवार्ड तथा मोडल अवार्ड बिजेता दुई बाल मोडल अपेक्षा शेरचन तथा अरिष्ना बास्तोलाले उक्त रमाइलो कार्यक्रम सञ्चालन गरेका थिए । उनीहरूलाई आयोजक संस्थाका दुई प्रमुख व्यक्तित्व चलचित्र अभिनेता तथा मोडलद्वय एसराज गराच तथा दिक्पाल कार्कीले साथ दिएका थिए ।

र्‍याम्प वाकमा बाल मोडलहरू आराध्य सिंह थापा, इभान जङ्ग थापा, अर्गान लामा, नेहा मगर, उपस्थिति तिम्सिना, रिषिका लामिछाने, पलाश दंगाल, युभान श्रेष्ठ, सयूज आचार्य, आश्भी केसी, आश्रिया थापाले विभिन्न सिक्वेन्समा बालसुभल पहिरनहरू प्रस्तुत गरे । कार्निभलमा व्यावसायिक मोडलहरूलाई अतिथिको रूपमा क्याटवाक गराइएको थियो । त्यस क्रममा राजन बुढाथोकी, जिन्सन खत्री, विनीता कार्की, सङ्गम शाक्य, अस्मिता तिम्सिना, यमुना घिमिरे आदिले अत्याधुनिक पहिरनहरू प्रस्तुत गरे ।

कार्यक्रममा भ्यालेन्टिनो बुटिक, चिटिक्क, पेज थ्री, हउटे काउटर, ड्रिमवेयर फेसन हाउसले डिजाइन गरेका पहिरनहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा युवा नेता तथा समाजसेवी गुणराज दाहाल मुख्य अतिथिको रूपमा सहभागी भए ।

प्रतिक्रिया